तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंको बच्चा ठूलो भएपछि कस्तो व्यक्ति बन्नेछ?
हरेक अभिभावकले आफ्नो बच्चाको भविष्यका लागि सधैँ राम्रो चाहन्छन्। उनीहरू आत्मविश्वासी, सक्षम र आत्मनिर्भर बनून् र भविष्यमा आउने जुनसुकै चुनौती तथा अवसरलाई आत्मविश्वासका साथ सामना गर्न सकून् भन्ने हरेक अभिभावकको चाहना हुन्छ।
तर आजको संसार पहिलेभन्दा धेरै छिटो परिवर्तन भइरहेको छ। हाम्रा बालबालिकाले भविष्यमा गर्ने धेरै पेशाहरू अझै सिर्जना नै भएका छैनन्। आज स्वास्थ्य, कृषि, व्यवसाय, डिजाइनदेखि शिक्षा क्षेत्रसम्म लगभग हरेक क्षेत्रमा प्रविधिलेगर्दा काम गर्ने तरिका नै परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनशील संसारमा सफलता केवल बालबालिकाले के जान्दछन् भन्ने कुरामा मात्र निर्भर हुँदैन, उनीहरूले कसरी सोच्छन् र समस्या कसरी समाधान गर्छन् भन्ने कुराले पनि उत्तिकै महत्त्व राख्छ।
पहिलेका पुस्ताले एउटा सीप सिकेर जीवनभर त्यही सीपमा भर पर्न सक्थे। तर आजका बालबालिका हुर्कँदै जाँदा नयाँ प्रविधि, नयाँ सीप र काम गर्ने नयाँ तरिकासँग पटक–पटक परिचित हुनुपर्नेछ।
यही कारणले आज केवल किताबको ज्ञान मात्र पर्याप्त हुँदैन। नयाँ परिस्थितिलाई बुझ्ने, सोचेर निर्णय लिने र समस्या समाधान गर्ने क्षमता आजको समयको सबैभन्दा महत्त्वपूर्ण सीपमध्ये एक बनेको छ।
समस्या समाधान गर्ने सीप भनेको के हो?
समस्या समाधान गर्ने सीप भनेको कुनै समस्या वा नयाँ परिस्थितिलाई बुझेर त्यसको समाधान खोज्न सक्ने क्षमता हो। यो सीप विद्यालयको कक्षाकोठामा मात्र सीमित हुँदैन। साथीभाइसँग मिलेर काम गर्न, घरका साना–ठूला निर्णय लिन वा दैनिक जीवनका चुनौतीहरू सामना गर्न पनि यही सीपले मद्दत गर्छ।
जब बच्चाले आफैँ सोचेर समस्या समाधान गर्छ, त्यसले उसमा तीनवटा कुरा बढाउँछ:
अभिभावकको रूपमा हामीले पनि दैनिक जीवनमा साना-साना तरिकाले समस्या समाधान गर्ने सीप बढाउन सक्छौँ:
बच्चाले समस्या ल्याउँदा सिधै जवाफ दिनुभन्दा "तिमीलाई के लाग्छ, यसो गर्दा के हुन्छ?" भनेर सोध्नुहोस्।
गल्ती गर्दा हप्काउनुभन्दा "अब के सिक्यौ?" भनेर सोध्ने बानी बसाल्नुहोस्।
पजल, क्विज, दिमाग lagauney खेल, एउटा चित्र देखाएर त्यसबाट आफ्नै कथा बनाउन लगाउने वा साधारण कोडिङजस्ता गतिविधिले बालबालिकालाई रमाइलोसँग सोच्न, कल्पना गर्न र नयाँ समाधान खोज्न सिकाउँछन्।
भोलिको संसार कस्तो हुनेछ भन्ने हामीलाई ठ्याक्कै थाहा नहुन सक्छ। तर एउटा कुरा निश्चित छ, सोच्न, सिक्न र समस्या समाधान गर्न सक्ने बालबालिकाharule भविष्यका junsukai चुनौतीहरू सामना गर्न सक्षम हुनेछन् ।
Smart Cheli मा हामी कोडिङ र STEM गतिविधिमार्फत बालबालिकामा सोच्ने, प्रयोग गर्ने र आफ्नै प्रयासबाट समाधान खोज्ने बानी विकास गर्न मद्दत गर्छौँ। हाम्रो उद्देश्य उनीहरूलाई केवल प्रविधि प्रयोग गर्न सिकाउनु होइन, भविष्यका चुनौतीहरू आत्मविश्वासका साथ सामना गर्न सक्ने समस्या समाधानकर्ता बनाउनु हो।
नवप्रवर्तकहरूको अर्को पुस्तालाई सशक्त बनाउन समर्पित बढ्दो समुदायको हिस्सा बन्नुहोस्।